खुशीको खबर : १ करोड ७२ लाख ८५ हजारले जिते कोरोना

Facebook Debugger

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)लाई जित्नेको संख्या बढ्दै गएको छ ।

पछिल्लो तथ्यांकअनुसार ६९ प्रतिशत संक्रमितले कोरोनालाई जितेका छन् ।

अहिले विश्वभरी २ करोड ४८ लाख ९७ हजार २ सय ८१ संक्रमित हुँदा १ करोड ७२ लाख ८५ हजार ९ सय ७ जनाले कोरोनालाई जितेका छन् ।

संक्रमितमध्ये ६७ लाख ७० हजार ७ सय ४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् । उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।
सक्रिय संक्रमित ६१ हजार २ सय ८९ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७ सय ६ संक्रमित थपिएका छन् । ५ हजार ६ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ६० लाख ९४ हजार ५ सय ५७ जना मानिस संक्रमित हुँदा १ लाख ८५ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् । ३३ लाख ७१ हजार ५ सय ९२ जनाले कोरोनालाई जितेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार