पाल्पा र वीरगञ्जमा २ कोरोना संक्रमित महिलाको मृत्यु

Facebook Debugger

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट पाल्पा र वीरगञ्जमा २ महिलाको मृत्यु भएको छ ।

लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत पाल्पाको तानसेन नगरपालिका-८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । त्यस्तै वीरगञ्ज-१२ मुर्लीकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

पाल्पाकी महिलाको कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका ६ः३० बजे उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए । ती महिला मुटु रोगीसमेत रहेको शाक्यले बताए ।

वीरगञ्जकी संक्रमितमा श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार