प्रहरीलाई हातपात गर्ने तिङलाका युवाहरु ५/५ हजार धरौटीमा छुटे

Facebook Debugger

सोलुखुम्बु । प्रहरी कुटपिटको आरोपमा तिङलामा पक्राउ परेका ६ युवा ५/५ हजार धरौटी तिरेर रिहा भएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका-११ तिङलाको रमितेमा आइतबार दिउँसो पक्राउ परेका युवाहरु जनही ५ हजार रुपैयाँ धरौटीमा बिहीबार रिहा भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धानका लागि १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो । पक्राउको बिरोधमा नेपाली कांग्रेस समर्थितले प्रदर्शन गरेर बिना शर्त रिहाका लागि दबाब दिएका थिए ।

कुटपिट आरोपमा पक्राउ पर्नेहरुमा सिद्धिचरण नगरपालिका ६ ओखलढुंगाका २५ वर्षका विजय मगर, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ बस्ने वर्ष २४ को शेरबहादुर मगर, ४५ वर्षका भीमबहादुर मगर, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ४० को चन्द्रबहादुर मगर, वर्ष ३८ को मोहन कार्की र ३५ वर्षका फुर्वा शेर्पा रिहा भएका हुन् । साभार: सोलुखुम्बु समाचारबाट

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार