यी मोडलले नितम्ब देखाएरै कमाउछिन १७ करोड ! [फोटोफिचर]

Facebook Debugger

एजेन्सी । पैसा कमाउन निकै मिहेनत तथा परिश्रम गर्नुपर्छ । काम नगरेर दाम कमाउन सकिदैन् । यस्तो मान्यता तपाई हाम्रो हो । तर आफ्नो शरिरको कुनै अंगबाटै करोडौं कमाई हुन्छ भन्दा अचम्म लाग्न सक्छ ।

रोमानियाकी एक मोडलले आफ्नो नितम्बकै कारण करोडौं कमाउने गरेकी छन् । इन्स्टाग्राम मोडल ३५ वर्षीया एन्ड्रिया एबेलीले फोटोबाट वार्षिक १८ करोड भन्दाबढीको कमाई गर्छिन् । इन्स्टाग्राम स्टारका रुपमा चिनिएकी एबेलीले इस्टाग्राममा फोटो पोष्ट गरेरै करोडौंको आम्दानी गर्दै आएकी हुन् ।

उनले प्लास्टिक सर्जरी गरेर नितम्ब ठूलो बनाएकी छिन् । आकर्षक नितम्बका तस्वीरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ ।

उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढीले फलो गरेका छन् । हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन् ।

सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको उनको दाबी छ । हँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेको उनको भनाई छ ।

उनलाई लाखौं मन पराएपनि केही देखिसक्दैनन् । कतिपयले उनलाई घृणा र निन्दाले भरपूर सन्देश पठाउने गरेका छन् । उनका नितम्बप्रति घृणा गर्नेहरुले नर्कमा जानुपर्ने भन्दै गाली समेत गरेका छन् । तर त्यस्ता शुभचिन्तकलाई उनले कुनै जवाफ दिएकी छैनन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार