भारत र चीनबीच फेरि सीमामा झडप क्षतिको विवरण आउन बाँकी

Facebook Debugger

एजेन्सी । भारत र चीनबीचको सीमा क्षेत्रमा फेरि झडप भएको छ । पूर्वी लद्दाखमा गएराति झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले चिनियाँ सेनाको घुसपैठलाई भारतीय सेनाले रोकेको दावी गरेका छन् ।

सीमा क्षेत्रमा भएको सहमति चीनले उल्लंघन गरेको भन्दै भारतीय सेनाले चिनियाँ सैनिकलाई जवाफ दिने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ुभारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छ ।

अगष्ट २९ र ३० गतेको राति झडप भएको थियो । झडपमा भएको क्षतिको अहिलेसम्म विवरण आउन सकेको छैन । झण्डै दुई महिनाअघि भएको झडपमा उच्च सैनिक अधिकारीसहित कम्तिमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

भारतीय विदशेमन्त्री एस जयशंकरले भारत चीन सीमा विवाद सन् १९६२ पछि सबैभन्दा खराब अवस्थामा रहेको बताएका छन् । सीमा क्षेत्रमा भारतले सडक निर्माण गरेपछि पछिल्लो विवाद बल्झिएको हो । चीनले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ । चीनले भारतसँग सीमा जोडिएका एकच्युल लाइन कन्ट्रोल एरियाको २५० किलोमिटरको दुरीमा चीन मिसाइल समेत तैनाथ गरेको चारतीय सञ्चारमाध्यम र सुरक्षा विज्ञहरुले आरोप लगाएका छन् ।

 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार