सेवा निवृत्तको राजनितीक यात्रा : रसिलो की पेचिलो !

Facebook Debugger

जनहितको बाटो राजनिति 

राज्य सञ्चालनको मुल नीति मानिने राजनीति समाजिक विभेद उन्मुलन गर्ने र समानताको सेतु हो । प्रजातान्त्रिक देशहरूमा संबैधानिक व्यवस्थाको एक अंग पनि हो । साधारण तय राज्य शक्तिका स्रोत माथि न्याययिक पहुँच राखी हुने खाने र हुदाँ खानेको दुरी कम गर्नु यश प्रणालीको मुख्य काम हो ।आज संसारका अति विकसित देशहरू पनि वर्गीय असमानता र अवसर माथिको न्ययायिक वितरणका लागि राजनितीक शक्तिमाथि नै अपेक्षा गर्ने गर्दछन् । राजनीति गैरनाफा मुलक सामाजिक कार्य हो । न यो अवसर बा पदको लडाइँ हो न वित्तीय साधन हो । यो सिर्फ सामाजिक गतिशीलताको एक व्यवस्थित प्रणाली मात्र हो ।

राजनेताहरूले मन्त्री हैला, धनकमाउला भनेर हामीले राजनीति गरेका होइनै भनेका छन् । यस्को भावनै राजनिती मुलतः सेवामूलक क्षेत्र हो यसबाट जनताको हित र भलाई को बाटो लिनु पर्दछ भन्ने अर्थमा बुझीन्छ ।

राजनीति लाई जीवन बनाउने हो ?

असल र सच्चा राष्ट्र सेबकको भुमिका गर्नेहरूले राजनीति लाई जीवन सँगै जोडेका छन ।

उनिहरू लोभ, पाप, दम्भ भन्दा माथि उठेर समाज विकास र परिवर्तनको हितमा सक्रिय छन् ।नेपालका सन्दर्भमा ०४६ पछिको राजनितीमा विविध उपसमुहरू बने जस्ले पेशाको प्रतिनिधित्व गरे । रियल मा नभए पनि रिलमा बर्ग को प्रतिनिधित्व गरे ।यस्ले नेपालको राजनीति प्रणालीमा फोहोर भित्र्याउने काम गर्याे ।यस्ता उप समुहहरू एकाध बाहेक चेतना ,चिन्तन चाहाना विना पनि यश सँगै जोडिन पुगेका छन् ।राजनीति दलको सिद्धान्त, दर्शन मूल्य मान्यता भन्दा पर अवसर र लाभको लडाइँमा यिनिहरूको पेशागत जीवन पुर्णत धुमिल भएको छ । रोजगारी, सरूबा, बढुवा, तालिम तथा विदेशयात्रा समेतको चाँजोपाँजो मात्रृ पार्टीले मिलाउनेभए पछि यिनिहरू सत्ता र शक्ति केन्द्र नजिकमा विशेष सक्रियता देखाउने गर्छन ।

दलले राजनितीक आदर्श को सगरमाथा ठड्याउन सक्लान त ?

संबैधानिक व्यवस्थाको केन्द्र भाग राजनितीक दल भित्रको दलदल अतिनै प्रदुषित छ । अपवाद बाहेक नेताहरू ‘हात्ती छाप’ नै हुन । यिनिहरू काठमाडौं प्रवेश ताका साथि भाईका रूम पाट्न थिए । सस्तो दैनिकि गुजार्थे । मिठो मसिनो यिनलाई दुर्लभ थियो । कतिपय नेताको उपचार खर्च समेत आफ्नै दलले गरिदिने प्रचलन थियो । धेरै नेताहरूत पैदलै बा सार्वजनिक यातायातमा संसद भवन प्रवेश गर्ने उदाहरण समेत सार्वजनिक छन् ।

उपचारका लागि वीर अस्पतालहरूनै काफि थियो । तर अहिले यिनै नेताहरूको दैनिकी हेर्याे भने लाग्छ ।यिनको जीवन पद्धतिले देखाउछ । आखिर राजनीति के का लागि ? दलका आदर्श, सिद्धान्त, मुल्य मान्यतालाई चट्क छोडेर ‘जोगि हुनलाई राजनिती गरेको होइनौ’ भन्नेहरूको बोल बाला छ यतिबेला ।

अस्वस्थ संस्कार, साँठ गाँठ, गैरकानुनी कर्मको कानुनि उन्मुक्ति कालागि दलको सदस्य बन्नु जनताको बाध्यता जस्तै भएको छ ।

के अवका दलले वर्तमान दलदल बाट बाहिरिन सक्ने राजनीति इच्छाशक्ति राख्लान ? भ्रष्ट सोच, सामन्ती संस्कार र व्यापारिक चिन्तन बाट माथि उठेर यो मुलक बाट गुम्दो राजनीति आदर्श को सगरमाथा ठड्याउन सक्लान त यिनै राजनीतिक दलले ? विमर्श गरौं ।

पेशाका परेसानि :

प्रथमत, राजनीतिको रंग नफेरीने पेशै भएन ।दलिय आस्थाका आधारमा पत्रकारीता हुन्छ । मानव अधिकारवादीहरू दलका कट्टर कार्याकर्ता हुन । रेडक्रस कर्मिहरू र दलका नेताहरूमा केही भिन्नता छैन । प्रहरीको अफिसर दलले चुन्छ ।न्यायाधीश न्याय बेच्ने व्यापारी हो । शिक्षा रस्वास्थ्य जस्तो सार्वजनिक क्षेत्र कम्पनीका रूपमा व्यापार गर्ने कानुनि मान्यता यहाँ छ ।बर्ग विशेषको शिक्षा किन्न पाइन्छ । कोमाको विरामिको उपचार गर्नु समेत हाम्रो देशमा नेताकै फोर्स लगाउनु पर्छ । सुरक्षा निकायवाटै चेली बलत्कृत भएका घटना बगरेल्ति छन् । आफैले काखमा राखेर पढाएका विद्यार्थीहरू शिक्षक बाटै बलत्कृत छन् । बहुविवाहको सिकार भएका छन् । राष्ट्रिय देखि अन्तर्राष्ट्रिय स्तरको सेटिङ बालाहरूकै कर्मचारी तन्त्रमा हावी छ । भ्रष्टाचार को भन्डाफोर गर्ने सन्जेलहरू मेरो देशमा अशुरक्षित छन ।

गरिव जनताको आफ्नै खर्चले उपचार गर्ने डा . गोविन्द केशीहरू निशेधीत छन । यस्ता अनेकन विकृत तस्वीरहरूमा पेशागत परेसानी अल्झीनु हाम्रो विवसता छ ।

राजनीतिमा किन कमजोर हुन्छन् सेबा निवृत्त :

उमेर, उर्जा र उत्साह रहँदासम्म आफ्नै प्रगति र सुधारमा जीवन विताएर राज्यले ‘परिणाम शून्य’ ठानेर अवकास र पेन्सनर भएकाहरूलाई सक्रिय राजनितीमा अवसर दिनुलाई सचेत नागरिकले विलकुल चाहाना राख्दैन ।बरू दलिय भागवन्डा को राजनीतिक नियुक्ति पाउनुनै उनिहरूको विज्ञतालाई सर्वदा उचित हुनेछ ।

राजनीति चेतना र परिवर्तन को सम्बाहक बन्न खोज्ने ले अवसर, लाभ र प्रतिष्ठालाई तुच्छ सम्झेर राजनीति परिवर्तन मार्फत राष्ट्रको सर्वत्तम हित को मार्ग लिने गर्दछन् । जस्को उदाहरणका रूपमा क्या. यज्ञ वहादुर थापालाई लिन सकिन्छ “ तात्कालिन अवस्थामा राजा महेन्द्रले चाहिने जती झोडा लिन, आफु पन्चायति व्यवस्था अनुकुलको राजनीति गर्न र जेठो छोरा (आनन्द थापा)लाई दरवार भित्रको अधिकृत बनाईदिने प्रस्ताव राख्दा उहाले ठाडै अस्विकार गरि प्रजातान्त्रिक व्यवस्था का लागि बन्दुक उठाउनु भयो ।

आज माथिल्लो तहको नियुक्ति छोडेर सुबिधाजन्य बिदेश रोज्नेहरू त कैयो अखवारका समाचार बनेको हामी पाउछौं । तर, भर्खर नियुक्त भएको जङ्गि, निजामति, विश्व बिद्यालय बा शिक्षक सेवाको जागि छोडेर राजनिती मा प्रवेश गरेको कोहि देखेको छ ? कतै क्षेत्रीय , कतै जातिय सम्योगले बाहेक विरलै मात्र सेबा निवृत्तहरू राजनितीको मुल प्रबाह मा सफल छन् । यो संख्या त्यति दरिलो छैन ।

त्यसोत ‘मन्त्री बन्नका लागि राजनीतिमा लागेका होइनै’ भन्ने बीपी, कृष्णप्रसाद, गणेशमान, पुष्पलाल जस्ता आदर्श राजनेतालाई आफ्नो जीवन मान्ने राजनिती कर्मीहरूले कसरी रिटाएर, पेन्सनर, व्यापारी र ठेकेदारहरूलाई आफ्नो आदर्श मान्न सक्लान । यो विषय आम राजनीति कर्मीले बुझ्नै पर्ने चरणमा हामी छौं ।

निर्वाचन प्रणालीका कुरा :

व्यक्ति ‘सेल’ गरेर निर्वाचन जित्ने पन्चायति बुद्धि हो । सबै उम्मेदवार राजाकै जित्ने उम्मेदवार राजाको । अर्थात प्रत्यक्ष निर्वनचित प्रणाली । ०६२ ले समानुपातिक त ल्यायो विकृतीले अछुतो रहेन । अझ, ०६४ पछि खर्चिलो बनेका आम निर्वाचनमाको व्यवस्थापकीय पक्षलाई निष्तेज पार्ने केही सबल उपाय नेपाली मतदाताले खोजेन्न भने यो मुलुक अवका केही निर्वाचन ताकानै कालो धनका कारोवारी र डनहरूको हातमा हुनेछ ।कालान्तरमा अन्तर्राष्ट्रिय हस्तक्षेपका कारण ‘नेपाल’ भन्ने स्वतन्त्र देशको अस्तित्व रहने सम्भावना समेत कम नहोला भन्न सकिदैन । त्यसैले अब पुर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरि धन र डन दुबै तहलगाउनु मात्रै हाम्रो बुद्धिमता हुन सक्छ । जस्ले आदर्श राजनीति लाई जोगाई राखोस् ।

ऐज कि ऐजेन्डा :

उमेर दोस्रो कुरा हो । पहिलो हो ऐजेन्डा । उमेर कमहुदैमा युवा हुने र बडीहुदैमा बृद्ध भैहाल्ने होइन । देश दर्शन बुझेको र अन्तर्राष्ट्रिय ज्ञानको संयोजन कारी नेताको उमेर सँगकुनै सम्बन्ध हुदैन । उस्को स्वास्थ्य र साँठगाँठ प्रधान कुरा हो । नियति ले बाहेक नियतले कहाँ लान्छ यो महत्त्वपूर्ण विषय हो । सबै युवामा वसन्त ऋृतुको आगमन र सबै बृद्धमा वसन्त ऋतुको विदाइ एकैसाथ कहाँ हुन्छर !

घिसिङ पथः दुर्लभ आयम !

पछिल्लो साता सञ्चार जगत तथा सामाजिक सञ्जाल कुलमान घिसिङमय बन्यो ।

सायद, नेपालमा राणा र पन्चायतको शासित स्तुति गान बाहेक ०४६ पछि एक समाज सुधारकका निम्ति जन स्तरबाट स्वतस्फूर्त रूपमा उठेको यो नै पहिलो बिशाल समर्थन हो ।

हामी सबैमा गज जाहेर छ ‘यो पद नेपाल सरकार मन्त्री परिषद्ले ले नियुक्त गर्ने एक विशिष्ट श्रेणीको कर्मचारीको मात्र हो ।’ एउटा कर्मचारीले नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल बिद्धुत प्राधिकरणको सुधार गरेबापत उस्को पुनः नियुक्तिहुनु पर्ने माग मा यति ठुलो समर्थन भै राख्नु पर्ने कुनै ठुलो कारण छैन । किनकि आज सम्म दशै हजार खरिदार र मास्टर सावहरूले यो भन्दा ज्यादा मेहेनत त आफ्नो थात थलोमा गरेकै छन होला नि ? तर किन ,खुला नेपाली जन अदालत समक्ष कोही जङ्गी, निजामती, विश्व विद्यालयका प्राध्यापक, प्रशाशक र शिक्षकहरूको वा वा हुन सक्दैन ? यो जिज्ञासा को खोजि गर्ने हो भने के प्रमाणित हुनसक्छ भने आफ्नै पेशा प्रति समर्पण र प्रगतिको मार्ग चित्र कोर्न नसक्नेहरू पापी पेटको जिविकाको लागिमात्र रोजगारिको डोरो समायका त होइनौं । पेशागत सवलिकरण का माध्यमले राष्ट्र हित गर्दै आफु कार्यरत क्षेत्रबाट किन जनप्रिय हुन सक्दैनो भन्ने बाटनै हाम्रो सोच शंस्कार र बुद्धिमताको प्रमाणित त हुदैछैन ? बहस को खाँचो छ । घिसिङ पथको अति दुर्लभ पाटो त के हो भने एउटा कर्मचारीले मात्र विगतको ४ वर्षको मेहेनतमा करिव टाट पल्टेको प्रधिकरण लाई पुनः जीवन दिन सक्छ भने नेपाली राजनितीमा उहाँ जस्ता सुधारक हरूको प्रवेश हुने भए सिङ्गै देशको मुहार कस्तो हुनेथियो भन्ने सबाल किन उठेन यो पछिल्लो हप्ता ।किन यी समाजिक सञ्जाल प्रयोग कर्ताहरूले घिसिङ आउ ‘देश बनाउ’ भन्न सकेनन भन्ने अनुमान गर्नु भयो भने सेवा निवृत्तको राजनिती यात्रा रसिलोकि पेचिलो भन्ने अनुमान लगाउन सहज हुने छ ।

(लेखक : सामाजिक लोकतन्त्र अध्ययन केन्द्र सोलुखुम्वुका सचिव हुन् ।)

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार