निजी विद्यालयले शिक्षक धमाधम जागिरबाटै निष्कासन गर्दै, अधिकांशले तलब पाएनन्

Facebook Debugger

काठमाडौं । भक्तपुर, सूर्यविनायकस्थित महेन्द्र विद्याश्रम बोर्डिङ स्कूलका शिक्षक पुष्पराज कर्ण गत साउनदेखि बेरोजगार भएका छन् । माध्यमिक तहमा गणित पढाउँदै आएका उनले स्वेच्छिक अवकाश लिएका भने होइनन् ।

नोवल कोरोना भाइरस ९कोभिड(१९० महामारीका बेला अनलाइन कक्षा नपढाएर जागिर गएको पनि होइन । त्यसोभए किन बेरोजगार भए त रु ‘घर खर्च चलाउनै गाह्रो भएर तलब मागेको, निष्कासन पत्र पाएँ,’ कर्णले भने, ‘लकडाउनका बेला काम गरिसकेको तलब माग्नु मेरो भूल भयो ।’

विद्यालयले चारमहिनाको तलब रोकेपछि आफू माग्न गएको कर्ण बताउँछन् । ‘घरमा मेरो तलबमा निर्भर चार सदस्य छौं’, उनी भन्छन्, ‘चामल किन्ने पैसा नभएर तलब मागेको थिएँ, सबै रकम अहिल्यै दिनुपर्छ पनि भनेको थिइनँ ।’

जागिरबाट निकाले पनि विद्यालयले अझै पूरा तलब नदिएको कर्णको भनाइ छ । आफूले काम गरिसकेको एक लाख ५२ हजार रुपैयाँमध्ये २७ हजार मात्रै पाएको उनले बताए ।

महेन्द्र विद्याश्रमका शिक्षक कर्णको यो पीडा एउटा उदाहरण मात्रै हो । सरकारले ११ चैतमा लकडाउन गरेयता भक्तपुरमा १८, ललितपुरमा १२ र काठमाडौंमा ३० शिक्षकको जागिर गुमेको छ ।

संस्थागत विद्यालय शिक्षक युनियन ९इस्टु०का अनुसार काठमाडौं उपत्यकाका ६० सहित देशभर ४०० सयभन्दा बढी शिक्षक निष्कासित भएका छन् । ९० प्रतिशत निजी विद्यालयले वैशाखयता शिक्षकहरुलाई तलब दिएका छैनन् ।
बाल विकास तहदेखि कक्षा १२ सम्ममा कार्यरत शिक्षक(कर्मचारीहरूको संगठन संस्थागत विद्यालय शिक्षक युनियन ९इस्टु० का अनुसार काठमाडौं उपत्यकामा ६० सहित देशभर ४०० सयभन्दा बढी शिक्षकलाई विद्यालयले निष्कासन गरिसकेको छ । यो संख्या इस्टुमा उजुरी गर्नेहरूको मात्रै हो ।

इस्टुका अध्यक्ष होमकुमार थापाका अनुसार ४०० भन्दा बढी शिक्षकले निष्कासनमा परेको रिर्पोटिङ गरेका छन् । ‘जागिर गएर रिर्पोटिङ नगर्ने साथीहरू पनि धेरै हुनुहुन्छ’, उनी भन्छन्, ‘दशकौं नाफा कमाएका विद्यालयहरूले पनि कोरोनाको बाहना बनाई शिक्षकलाई निकालिरहेका छन् ।’

भक्तपुरको महेन्द्र विद्याश्रम बोर्डिङकै उदाहरण हेरौं । गणित शिक्षक कर्णलाई तलब मागेका कारणले निकालियो । ‘कर्ण सरको माग जायज हो’ भनेकै निहुँमा यो स्कुलले अंग्रेजी शिक्षकलाई समेत हटाइसकेको छ ।

‘बकाइदा नियुक्ति पत्र लिएर काम गरिरहेका हामीलाई यति सानो निहुँमा विद्यालयले निष्कासन गर्ला भनेर सोचेको पनि थिइनँ’ कर्ण भन्छन्, ‘शिक्षा मन्त्रालयले लकडाउनका बेला शिक्षकलाई निकाल्न पाइँदैन त भन्यो, तर पुनर्बहाली गराउन सकेको छैन ।’

लकडाउनले शिक्षक(कर्मचारीमा पारेको प्रभावबारे इस्टुले गरेको अनलाइन सर्वेक्षणअनुसार ९० प्रतिशत विद्यालयले वैशाखयता तलब दिएका छैनन् । ‘६० प्रतिशत शिक्षक(कर्मचारीले चैतअघिकै तलब नपाएको सर्वेक्षणले देखाएको छ’, अध्यक्ष थापा भन्छन्, ‘अधिकांशले पुसदेखिको तलब पाउनुभएको छैन ।’

शिक्षक(कर्मचारीलाई पारिश्रमिक नदिई काम लगाउने विद्यालय सञ्चालकहरुलाई लकडाउन गतिलो बाहना बनेको उनी बताउँछन् ।

नियुक्ति पत्र नदिने, सामाजिक सुरक्षा कोषमा रकम नपठाउने, कानून अनुसार मासिक तलब दिनुपर्ने शिक्षकलाई पनि पिरियड गनेर ज्याला मात्रै दिने, स(सानो निहुँमा जुनसुकै बेला जागिरबाट निकाल्ने जस्ता समस्या कोरोनाअघि पनि भोग्दै आएको अध्यक्ष थापाको भनाइ छ ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार