काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिंदैछन् । यसअघिसम्म प्रचण्डलाई विश्वासको मत दिने की नदिन भन्ने विषयमा एकीकृत समाजवादी मौन बसेको थियो ।







