उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने निश्चित

Facebook Debugger

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डु सहमत भएका छन् ।

उपाध्यक्ष गौतमले हिजो बेलुकी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रिय सभा सदस्य बनाउन आग्रह गरेका थिए ।

एक सचिवालय सदस्यले भने, ुप्रधानमन्त्री ज्यू पनि सहमत हुनु भएको छ । कार्यकारी अध्यक्ष प्रचण्ड पनि गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सहमत हुनुहुन्छ । त्यसैले आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकमा यो विषयले औपचारिकता पाउनेछ ।

गौतमले पनि सचिवालयका अन्य सदस्यलाई सहयोग गर्न आग्रह गर्दै फेरि फोन गरेका छन् । गौतमलाई राष्ट्रिय सभामा लैजाने सहमतिसँगै अब मन्त्रिमण्डल पुनर्गठन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओली अनौपचारिक छलफलमा जुटेका छन् ।

अझै पनि अन्य विकल्पबाट भएपनि अर्थमन्त्री डा। युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्य बनाउने ओलीको चाहना छ । तर, उपाध्यक्ष गौतमले भने आफू उपप्रधान तथा अर्थमन्त्री बन्नुपर्ने बताएका छन् ।

हिजो बेलुकी अध्यक्षद्वयबीचको भेटवार्तापछि उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । ओलीसँगको छलफलपछि खुमलटार पुगेर गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउन आग्रह गरे ।

आज बिहान ओली र प्रचण्डबीचको फोनवार्तामा गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन दुबै अध्यक्ष सहमत भए । त्यसै अनुसार थप छलफल गर्नुपर्ने भन्दै बिहान ११ बजेका लागि तय भएको नेकपा सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको स्रोतको भनाइ छ ।

उपाध्यक्ष गौतम राष्ट्रिय सभामा जाने भएपछि अर्थमन्त्री खतिवडा बाहिरिने भएका छन् ।

फागुन २० गते दोस्रो पटक अर्थमन्त्री बनेका खतिवडाको कार्यकाल भदौ २० गते ६ महिना पुग्दैछ । ६ महिनाभित्र सांसद नभएमा उनको कार्यकाल स्वतस् समाप्त हुनेछ । यसअघि माघमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो । सरकारको सिफारिसमा हुने एक सदस्य अहिलेसम्म नियुक्त हुन सकेको छैन ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार