काठमाडौं उपत्यका मेयर फोरमलाई कर्फ्यु नै चाहिइयो

Facebook Debugger

काठमाडौं । स्वरुप परिवर्तन सहितको निषेधाज्ञामा काठमाडौं उपत्यका मेयर फोरमले आपत्ति जनाएको छ । मेयर फोरमले विज्ञप्ती निकालेर संघीय सरकारले गरेको निषेधाज्ञाको विरोध गरेको हो । फोरमले काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाध रुपमा काम गर्नदिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने बताएको छ । उपत्यकामा जसरी हुन्छ मेयर फोरमलाई कर्फयूउ नै चाहिइएको सुत्रले बताए ।

फोरमले सरकारलाई उपत्यकामा कर्फ्यु लगाउनुपर्ने सुझाव दिएको थियो । हिजो बसेको प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको बैंठकले निर्माण क्षेत्रमा काम गर्ने व्यवसाय र त्यससँग सम्बन्धीत काम गर्ने व्यवसायीहरुलाई दिउँसो २ बजेदेखि ९ बजेसम्म पसल तथा व्यवसाय खोल्न दिने व्यवस्थाको बिरोध गरेको हो । मेयर फोरमको सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरीबाबु मर्हजनले विज्ञप्ति जारी गरेर विरोध गरेका हुन् । उनीहरुले यस्तो निर्णयले निषेधाज्ञाको कुनै उपादेयता नरहने बताउँदै यो निर्णयलाई ११ बजेसम्म मात्र लागू गर्नुपर्ने बताएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार