भ्रामक समाचारप्रति नेकपा अरुणको ध्यानाकर्षण

Facebook Debugger

भोजपुर। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अरुण गाउँपालिका भोजपुरले पार्टीको प्रतिष्ठामा दाग लगाउने नियतले भ्रामक समाचार फिँजाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। पार्टीले आज एक विज्ञप्ती जारी गर्दै ूमुख्यमन्त्री र लालझण्डाको आडमा नेकपाका नेता मल तस्करीमाू भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेको छ ।

जनतालाई तथ्य र सही सूचना सम्प्रेषण गर्नुको सट्टा भ्रम फिँजाएर संवैधानिक र सम्मानित संस्थाको प्रमुख, झण्डा र पार्टिको उपहास गरेको भन्दै त्यसप्रति नेकपा अरुणले आपत्ती जनाएको हो। विज्ञप्तिमा भनिएको छ, ूजनतालाई तथ्य र सही सूचना सम्प्रेषण गर्नुको अलवा संवैधानिक र सम्मानित संस्थाको प्रमुख, झण्डा र पार्टिलाई समेत जोडेर कपोकल्पित अतिरंजीत र तथ्यहिन समाचार सम्प्रेषण गरि जनता र समाजमा भ्रम सिर्जना गर्नु आफैँमा पेशागत अपराध र कानुनी राज्यको उपहास गर्नु हो, जसको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ।

साथै सो प्रकरणमा संलग्न भनिएका ९सञ्चार माध्यम अनुसार० व्यक्तिहरुमध्ये अर्जुन कट्वाल नेकपाको वरिष्ठ नेता नभएको, बरु अर्जुन भुजेल नेपाली कांग्रेसको स्थानीय कार्यकर्ताको प्रत्यक्ष संलग्न रहेको भन्ने जानकारीमा आएको कुरा स्पष्ट पार्दै नेकपा अरुणले त्यस्तो भ्रामक समाचारको पुष्टि गर्न सम्बन्धित पक्षलाई कडा चुनौती दिएको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, ूभ्रामक समचारको पुष्टि गर्न सम्बन्धित पक्षलाई कडा चुनौती गर्दछौं। साथै जुनसुकै अराजनीतिक गतिविधि र आरोपको विरुद्धमा जस्तोसुकै मूल्य चुकाउने स्मरण गराउँदै सत्य तथ्य छानविन गरि दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अरुण गाउँपालिका पार्टी सरकार समक्ष जोडदार माग गर्दछ।ू

त्यसैगरी नेकपा अरुणले भ्रामक समाचार र हल्लाबाट विचलित नहुन सबैलाई अनुरोध गर्दै भ्रम र आरोपबाट सृजित सबै परिस्थितिको डटेर सामना गर्ने कुरा समेत विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार