यसै साता रुसले सर्वसाधारणमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउँने

Facebook Debugger

एजेन्सी । कोरोना भाइरस संक्रमणको विश्वब्यापी महामारीकाबीच विश्वभरका वैज्ञानिकदेखि लिएर सामान्य मानिसहरुसम्म यसविरुद्धको खोपको प्रतिक्षामा छन ।

खोप कहिले आउला र कोरोना संक्रमणबाट मुक्त हुन पाइएला भन्ने तरंग सबैको दिन दिमागमा घुमिरहेको छ । यसैबीच रुसले यसै साता कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि उपलब्ध गराउने भएको छ ।

कोरोनाविरुद्धको खोप ‘स्पुतनिक भी’ लाई यसै साता सर्वसाधारणका लागि उपलब्ध गराइने रसियन एकेडेमी अफ साइन्सेजका डेपुटी डाइरेक्टर डेनिस लोगुनोभले बताएका हुन ।

उनका अनुसार रसियाली स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त हुना साथ यो खोपको सार्वजनिक प्रयोग सुरु गरिनेछ । स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष संलग्नतामा ‘स्पुतनिक भी’ भ्याक्सिनको अन्तिम परीक्षण चलिरहेको र परिणामसमेत राम्रो आएकाले छिट्टै यो खोपको सार्वजनिक प्रयोगको अनुमति मिल्ने लोगुनोभले विश्वास ब्यक्त गरे ।

उनका अनुसार १० देखि १३ सेप्टेम्बरको बीचमा नागरिक उपयोगका लागि यो भ्याक्सिनले अनुमति पाउने छ । यो खोपलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगस्तमा सार्वजनिक गरेका थिए ।

‘स्पुतनिक भी’ भ्याक्सिन मस्कोस्थित गामलेया रिसर्च ईन्स्टिच्युट र रुसी रक्षा मन्त्रालयले मिलेर एडेनोभाइरसलाई आधार बनाएर विकास गरेका हुन । यो भ्याक्सिनको जुन र जुलाईमा दुईवटा परीक्षण भैसकेका छन ।

ति परीक्षणमा ७६ जना स्वयंसेवकहरु सहभागी भएका थिए । परीक्षणको नतिजा अनुसार सबै सहभागीको शरीरमा कोरोना भाइरसलाई नष्ट गर्न सक्ने १०० प्रतिशत एण्टीबडीको विकास भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार