कोरोना संक्रमणमुक्त भएका व्यक्तिमा ३ महिनापछि फोक्सोको समस्या हुनसक्ने अध्ययनले देखाए

Facebook Debugger

एजेन्सी । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस ९कोभिड–१९० का विषयमा नयाँ तथ्य खुलेको छ । कोभिड संक्रमण पछि अस्पताल बसेर संक्रमणमुक्त भएका बिरामीमा घर फर्किएको ३ महिनापछि सम्म पनि फोक्सोको समस्या आउने एक अध्ययनमा पत्ता लागेको छ ।   सामान्यतया प्राय व्यक्ति संक्रमणको छ हप्तासम्ममा पूर्ण स्वास्थ हुन्छन् । तर, अध्ययनका क्रममा केही व्यक्तिमा भने संक्रमणको छ हप्तापछि पनि श्वासप्रश्वास तथा सुख्खा खोकीको समस्या भएको पाइएको छ ।

अष्ट्रियाको टाइरोलेन क्षेत्रमा विभिन्न संस्थाले अध्ययनका लागि डिस्चार्ज भएको ६, १२ तथा २४ हप्ता पुगेका कोरोना संक्रमितलाई फेरि अस्पतालमा भर्ना गराएका थिए । जसमा आधाभन्दा बढी व्यक्तिमा मुख्यतया श्वासप्रश्वासको समस्या देखिएको थियो । सिटिस्क्यानमा ८८ प्रतिशतमा फोक्सोको समस्या देखिएको थियो ।  अध्ययनमा संलग्न युनिभर्सिटी क्लिनिक इन्सब्रकका क्लिनिकल पिएचडीकी विद्यार्थी डा।सविना सहानिकले अध्ययनका क्रममा कोभिड संक्रमणको १९ हप्तापछि बिरामीमा फोक्सोको समस्या देखिएको बताएकी छन् । यस्तै समयसँगै उक्त समस्या कमहुँदै जाने पनि अध्ययनमा पत्ता लागेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार