पछिल्लो २४ घन्टामा ९७९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ हजार नाघ्यो

Facebook Debugger

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिललो २४ घन्टामा ९ सय ७९ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ९ सय ७९ जनासहित देशभर संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३० हजार ६ सय ७७ जना निको भएर घर फर्किएका छन् भने कोरोनाबाट ३ सय जनाको ज्यान गएको छ ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार