एक लाख पीसीआर परीक्षण, ४ हजार संक्रमित

Facebook Debugger

विराटनगर । प्रदेश १ मा एक लाख जनाको पीसीआर जाँच गर्दा चार हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा सोमबारसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको छ । ती परीक्षण गर्दा ४ हजार १७७ जनाको पीसीआर पोजेटिभ आएको हो ।

पीसीआर पोजेटिभ देखिएकामध्ये ४३ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये १ हजार ८ सय ९५ जना संक्रमण मुक्त भएका छन् । २ हजार २३९ जना उपचाररत छन् ।

परीक्षण गरिएकामध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा औसतमा एकसय जनाको परीक्षण गर्दा चार जनाको पोजेटिभ देखिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, मेची अस्पताल झापाबाट २ हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण गरिएको छ ।

प्रदेशमा सबैभन्दा बढी मोरङ जिल्लामा परीक्षण भएको छ । मोरङमा ३१ हजार २६७ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १ हजार ९ सय ४४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये २३ जनाको मृत्यु भएको छ ।   सुनसरीमा २३ हजार ६७९ को परीक्षण गरिएको छ जसमा एक हजार ५६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  प्रदेश १ मा बीपीमा गत १८ चैतदेखि, कोशीमा २९ चैतदेखि, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १९ वैशाखदेखि र मेची अस्पतालमा ३० साउनबाट पीसीआर जाँच सुरु गरिएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार