गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारीको २५ औ साधारण सभा,१न सहकारी बनाउँनुपर्छ :पदम लिम्बु ,सभापति विगेसो

  सगरमाथा अनलाइन
21 Shares

काठमाडौं । गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लि.को २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका संचालक समिति सदस्य केदार मानन्धरले पानसमा दिप प्रज्वलन गरि पहिलो शत्र उद्घाटन गरेका हुन् । सो कार्यक्रम्का प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंका संचालक समिति सदस्य केदार मानन्धर देशका सबै सहकारीको ढोका बन्द गरेर कुनै समस्य समाधन हुँदैन,वर्तमान परिप्रेक्षमा तरलता अभाव सहकारीहरुमा मात्र होइन समग्र देशको सबै वित्तीय संस्थामा त।लता अभाव भएको हो र यो राष्ट्रिय समस्य हो । गोरखा सेभिङ्ग एण्ड क्रेडिटको वा कुनै एक सहकारीका मात्र होइन । त्यसैले गोरखा सेभिङ्ग एण्ड क्रेडिटलाई सहज तवरले अगाडि लैजानुपर्छ, त्यसका लागि राष्ट्रिय सहकारी बैंक,गोरखा सेभिङ्ग एण्ड क्रेडिटलाई के सहयोग गर्नुपर्छ त्यसका लागि सधै तयार रहेको बताए ।

पदम सुन्दर लिम्बु,सभापति विगेसो,गोरखा सेभिङ्ग एण्ड क्रेडिट साधारण सभामा मन्तव्य राख्दै

साथै शेयर सदस्य तथा निक्षेपकर्ताहरुलाई नआतिकन धैर्य गरि पूर्ण विश्वासकाथ गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारीमा कारोवार गर्न पनि आग्रह गरे । सो कार्यक्रम्का विशेष अतिथि गोरखा फाइनान्सका अध्यक्ष देकेन्द« राईले देशको अर्थतन्त्रमा आएको समस्याले सबै वित्तीय संस्थालाई असर पारेको छ । त्यसैले सहकारीमा कारोबार गर्ने शेयर सदस्या तथा निक्षेकर्ताहरु आतिहाल्नु पर्ने अवस्था नभएको,कारण गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी सजिलै समस्यामा जाने संस्था होइन । त्यसैले सम्पूर्ण शेयर सदस्याहरु निर्धक्साथ गोरखा सेभिङ्ग एण्ड क्रेडिटमा कारोबार गर्न आग्रह गरे । साथै गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी र गोरखा फाइनान्स्को ऐतिहासिक सम्बन्ध र नाम, ब्राण्ड बचाउन सधै गोरखा फाइनान्स् तयार र तत्पर रहने बताए । सो कार्यक्रमका अतिथि विगेसोका सभापति पदम् सुन्दर लिम्बु,कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नाम एउटा इतिहास हो । र गोरखा सेभिङ्ग एण्ड क्रेडिट त्यहि नामबाट सर्बप्रथम स्थापना भएको एउटा सहकारी हो । त्यसैले यो गोरखा नाम र गोरखा सेभिङ्ग एण्ड क्रेडिट बचाउनुमात्र होइन,अब देशको सर्वोत्कृष्ट सहकारी बनाउँनु पर्नेमा विगेसोका तर्फबाट प्रतिवद्धता जनाए ।

सहकारीका सचिव :मोतिलाल राई, स्वगत मन्तव्य राख्दै

सो शुभकामना दिने क्रम्मा गोरखा मिलिनियम् बहुउदेश्य सहकारीका अध्यक्ष पुरन्जन राईले वर्तमान परिस्थितिमा सबै निक्षेपकताहरु राष्ट्र बेंकमा गई लाइन् बस्न थालेमा राष्ट्र बैकले पनि पैसा दिन सक्दैन । त्यसैले सबै निक्षेपकताहरुले आवश्यक्ता अनुसारमात्र सहकारीका व्यवस्थापक र सञ्चालकसँग परामर्श गरि,रकम निकाल्न वा कारोबार गर्न आग्रह गरे । एण्ड क्रेडिट सहकारी संस्था लि.का शेयर वृद्धि अभियनकर्ता,सल्लाहकार पूर्व बृटिश आर्मी स्टाफ सार्जेन्त जङ्ग बहादुर गुरुङ्गले,गोरखा सेभिङ्ग एण्ड क्रेडिटको शेयर बढावा अभियनमा सम्पूर्ण पूर्व गोरखाज परिवर र वर्तमान सेवामा आवद्ध गोरखा आर्मी ईण्डियन,बृटिश र सिङ्गापुर प्रहरीहरुमा कार्यरतलाई गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिको शेयर वृद्धि अभियनमा जोडिन् अनुरोध गरे । सो सहकारीको नयाँ शेयर सदस्यता न्यूनतम् १ लाखमा खरिद गरि वर्तमान परिस्थितिलाई सहज बनाउँन र गोरखाको ऐतिहासिक ब्राण्ड जिवित राख्न सबै गोरखालीहरु यो अभियनमा आवद्ध भई गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारीलाई सहज ढङ्गले अगाडि लैजाऊ र निक्षेपकर्ताहरु तथा शेयर सदस्यहरु गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी कतै समस्यामा पर्छ भन्ने प्रति शंका नगर्न आग्रह गरे । सो साधारण सभामा उपस्थिलाई प्रमुख अतिथि,अतिथि र शेयर सदस्यहरुमा संस्थाका सचिव मोतिलाल राईले स्वगत मन्तव्य राखेका थिए भने गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारीका अक्ष्यक्ष ईमान राई, र लेखा समिति सदस्य टेक कुमार राईले वार्षिक प्रतिवेदन प्रस्तुत गरे थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार