कर्णाली प्रदेशमा सभामुखको निर्वाचन आज हुँदै

  सगरमाथा अनलाईन
77 Shares

काठमाडौं । कर्णाली प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनका लागि मतदान बिहान ११ बजेपछि सुरु गर्ने तयारी गरिएको छ ।

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेकी नन्दा गुरुङले मनोनयन दर्ता गराएकी छन् भने कांग्रेसबाट खड्क पोख्रेल उम्मेदवार छन् । सभामुखका दुवै जना उम्मेदवार सुर्खेतकै हुन् । गुरुङ एमालेकी समानुपातिक सांसद हुन् भने कांग्रेस सुर्खेत जिल्ला सभापतिसमेत रहेका पोख्रेल प्रतिनिधि सभा १(१) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

कर्णालीमा सत्ता गठबन्धनलाई आरामदायि बहुमत छ । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सदस्य आवश्यक हुन्छ । जबकि यहाँ माओवादी र एमालेको मात्रै २३ सिट छ ।

कर्णालीमा पहिलो दल नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्रबाट एक÷एक जना सांसद रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार