१०७ औं वि।पी। जयन्तीको अवसरमा नेविसंघ सोलुखुम्बुको आयोजनामा वृक्षरोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Facebook Debugger

सोलुखुम्बु । १०७ औं वि।पी। जयन्तीको अवसरमा नेविसंघ सोलुखुम्बुले जिल्लाको नेचासल्यान गा.पा. ३ मा अवस्थित हिमाल दर्शन क्याम्पस परिसरमा वृक्षरोपण तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमकाबीच ४० बोट विभिन्न जातका बिरुवा रोपिएको छ । वृक्षरोपणपछि नेविसंघ जिल्ला कार्य समिति सचिव तथा हिमाल दर्शन क्याम्पसका सभापति उद्योग राईको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस नेचासल्यानका सभापति निरकुमार कटेल , नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लालप्रसाद बास्तोला , नेपाल शिक्षक महासंघ नेचासल्यानका अध्यक्ष अशोककुमार शर्मा , नेपाल शिक्षक संघ नेचासल्यानका अध्यक्ष यादव फुयाल , नेविसंघ नेताहरु हेमराज कटेल, हेमराज भट्टराई ,बाबुराम भट्टराई , विनोद बास्तोला, पूजा फुयाल , मोहनकृष्ण निरौला , रोशन राउत लगायत विद्यार्थी नेताहरुको बाक्लो उपस्तिथि रहेको थियो । शुभकामना आदानप्रदानका क्रममा नेताहरूले वि।पी। विचार र व्यक्तित्वको चर्चा गरेका थिए । जिल्ला वन कार्यलय तथा नेचासल्यान कृषि शाखाले बिरुवा उपलब्ध गराएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार