प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित २१ सांसदलाई सम्मान

  सगरमाथा अनलाइन
294 Shares

काठमाडौं । किरात राई समुदायबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित २१ जना सांसदहरुलाई किरात राई याले सम्वत ५०८३ को अवसरमा उक्त निर्वाचित माननीयहरुलाई किरात राई यायोक्खाले बधाई तथा सम्मान कार्यक्रम्मको आयोजना गरेको हो । २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा १० जना प्रतिनिधिसभा र ११ जना प्रदेशतसभामा निर्वाचित भएका छन् ।

सो निर्वाचित सांसदहरुलाई देशको ६ वटा प्रदेशको नामाकरण भइ सकेको तर प्रदेश.न.१ को नामराख्न पहिलो निर्वाचित सांसदहरुले राख्न नसकेको र दोस्रो पटक वा २०७९,सालमा प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचित किरात राई समुदायका सांसदहरुले दत्तचित्तकासाथ १.न.प्रदेश किरात प्रदेश नामकरणको निम्ति पहल गरिदिनु पर्नेमा किरात राई यायोक्खाका अध्यक्ष जिवन हाताच्वोले ध्यानकार्षण गराए । सो सम्मान तथा बधाई शुभकामना कार्यक्रम्मा प्रतिनिधिसभामा निर्वाचित माननीयहरु राजेन्द« राई,सुदन किराती,हेमराज राई,मानबीर राई,रामकुमार राई,पासाङ्ग,दुर्गा राई,अशोक कुमार राई र प्रदेशसभामा निर्वाचित माननीय,विनोद बान्तावा,भूपेन्द« राई लगायतका सांसदहरुले किरात प्रदेश नामकरणका निम्ति आ– आफ्नो पार्टी सशक्त पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार