उपत्यकामा ४६४ जनामा कोरोना भाइरसको संक्रमण

Facebook Debugger

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा काठमाडौंमा ३ सय ९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या पनि देशभर ४९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् भने ३ सय १२ जनाको ज्यान गएको छ ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार