माओवादीबाट ३ जना मन्त्री बन्ने पक्का, किराँती, शर्मा र मोदी

  सगरमाथा अनलाइन

काठमाडौं । माओवादी केन्द्रबाट ३ जना मन्त्री बन्ने पक्का भएको छ । रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने पक्का भएको हो । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

अब तीन मन्त्री पठाउनुपर्छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी पदाधिकारीहरुसँग छलफल गरेका थिए ।

एक नेताका अनुसार दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने भएकी छन् । भोजपुरबाट निर्वाचित सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । अमनलाल मोदीको भने मन्त्रालय टुंगिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार