भारत र चीनबीच ५ बुँदे सहमति, दुबै देशले सीमा रेखामा सैनिक कम गर्ने

Facebook Debugger

एजेन्सी । भारत(चीन सीमा विवाद उत्कर्षमा पुगेपछि रुसमा दुई देशका विदेशमन्त्री स्तरमा वार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको वार्तामा ५ बुँदे सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सीमा क्षेत्रमा तैनाथ हजारौ सैनिक कम गर्दै जाने सहमति भएको चीनको मुखपत्र ग्लोबल टाइमले जनाएको छ ।

तस्बिर :चाइना ग्लोबलटाइम

सांघाई सहयोग संगठन ९एससिओ०को बैठकमा भाग लिन मस्को पुगेका जयशंकर र वाङबीच झण्डै २स्३० घन्टा भेटवार्ता भएको थियो । भेटवार्तामा सैनिकको संख्या घटाउने, दुबै देशले सीमा क्षेत्रमा उचित दूरी बनाउने, विगतका सहमति पालना गर्ने, भारतले प्रतिबन्ध गरेका विभिन्न एप्सहरुसहित चीनविरुद्धका नीति परिमार्जन गर्ने र उच्चस्तरीय वार्ता गर्ने लगायतका सहमति भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समय ४५ वर्षपछि भारत चीन सम्बन्धमा दरार आएर सीमा क्षेत्रमा फायरिङ भएको थियो ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार