नेकपा स्थायी कमिटी बैठक सुरु

Facebook Debugger

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । साउन १३ गते विवाद भएर स्थगित भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीच सहमति भएसँगै आज सुरु भएको हो ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि साउन १३ गते बैठक अनिश्चित भएको थियो । विवाद समाधानका लागि साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले भदौ ६ गते प्रतिवेदन बुझाएको थियो ।

कार्यदलको प्रतिवेदनमा भदौ १८ गते सचिवालय बैठकमा छलफल भएको थियो । सचिवालयले प्रतिवेदनका आधारमा ठोस प्रस्ताव पेश गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो । त्यसै अनुसार अध्यक्षद्वयले आजको बैठकका लागि प्रस्ताव तयार गरेका थिए ।

बैठकमा अध्यक्षद्वयको प्रस्तावका विषयमा छलफल हुनेछ । यस अघि नै इमेलमार्फत स्थायी कमिटी सदस्यहरुलाई प्रस्ताव पठाइएकाले सकभर आज र आज नसकिएमा भोलिसम्म बैठक सक्नेगरी तयारी गरिएको छ ।

यसैबीच अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा स्थायी कमिटी बैठक, नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकको नियुक्ति, राष्ट्रिय सभामा उपाध्यक्ष बामदेव गौतमको सिफारिस लगायतका विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार