थप हवाई प्रवेश मार्ग दिन पर्यटनमन्त्री किरातीको भारतसँग अनुरोध

  सगरमाथा अनलाईन
14 Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाललाई थप हवाई प्रवेश ९रूट० मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् ।

मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्दै संस्कृति,नागरिक तथा उड्यन मन्त्री किरातीले आग्रह गरेका हुन् । नेपालमा अहिले एक मात्र हवाई प्रवेश बिन्दु छ । यसमा अत्यधिक चाप छ । सोहीकारण थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरिएको मन्त्री किरातीले जनाएका छन् ।

सो भेटमा श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधै सकारात्मक रहेको बताएको समेत मन्त्री किरातीले उल्लेख गरेका छन् । नेपालमा अहिले सिमरा बिन्दुबाट मात्र जहाज प्रवेश गर्न सक्छन् । नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश गर्न सक्ने गरी रुट मागिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार