‘स्मारिका’ र ‘सपनाको देश कोरियामा’ एकै साथ विमोचन

  सगरमाथा अनलाईन
266 Shares

काठमाडौं । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ‘स्मारिका’ र समाजका अध्यक्ष राजु राइद्धार्रा लिखित पुस्तक ‘सपनाको देश कोरियामा’ एकैसाथ विमोचन भएको छ ।

कोरियाली नयाँ वर्ष सलनालको अवसरमा शनिबार समाजको २० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्मारिका र पुस्तक विमोचन गरेको हो । समाजले स्थापना दिवससँगै वार्षिक साधारणसभा पनि मनाएको छ ।

कार्यक्रममा पूर्वाञ्चल सरोकार समाज कोरियाको अध्यक्ष तथा प्रमुख अतिथि अमृत राईले संस्थाले २० औं स्थापना दिवसको अवसरमा स्मारिका प्रकाशन गरेकोमा बधाई दिए । साथै ‘सपनाको देश कोरियामा’ नामक पुस्तकमाथि चर्चा गर्दै आफू पनि २७÷२८ वर्ष अघि ठूलो सपना बोकेर कोरिया प्रवेश गरेको बताउनु भयो । ‘मलाई सपना पूरा गर्न गरेका हजारौं संघर्ष बारे लेख्ने इच्छा जागेको छ’ राईले भने ।

मधुवन साहित्यिक प्रतिष्ठान नेपालका अध्यक्ष कवि जीवन खत्री, आदिवासी जनजाति लेखक संघ कोरियाका संयोजक कवि पराजीत पोमुले पुस्तक माथि चर्चा र सुझाव दिएका थिए ।

समाजको वार्षिक साधारणसभामा कोषाध्यक्ष प्रविन राईले आर्थिक प्रतीवेदन प्रस्तुत गरेका थिए भने सचिव वसन्त नाछिरिङ्ले वार्षिक प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी विधान संशोधन समितिका संयोजक युगेल तेन्डुप शेर्पाले वार्षिक साधारण सभामा संसोधित विधान प्रस्तुत गर्दै संसोधित विधानका दफा, उपदफा माथी प्रष्ट पार्दै बहुमतले संसोधित विधानलाई अनुमोदन गरेको थियो ।

स्मारिका पुस्तकमा संस्थाको सुरुवाती चरणदेखि अहिलेसम्मका संस्थाले गर्दैआएका सामाजिक गतिबिधिहरु समेटिको छ । साथै सोलुखुम्बुजिल्लाको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ सोलुखुम्बु जिल्ला भित्रका १ नगरपालिका र ७ गाँउपालिकामा रहेका धार्मिक, साँस्कृतिक ऐतिहाँसिक स्थलको लेख तथा रचनाहरुलाई समेत समेटिएको संस्थाको अध्यक्ष राजु राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार