भुवनसिं र मेलिनाको ‘नेचा पारी, सल्यान टारी’ गीत सार्वजनिक [गीतसहित]

  सगरमाथा अनलाईन
3.9k Shares

काठमाडौं । गायक भुवनसिं राई र गायिका मेलिना राईको आवाजमा पूर्वेली लोकगीत ‘नेचा पारी, सल्यान टारी’ सार्वजनिक भएको छ । पूर्वेली लोकगीत ‘नेचा पारी, सल्यान टारी’ आई लाईन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

विशेष गरी सोलुखुम्बु जिल्लाको नेचासल्यान क्षेत्रलाई गीतमा वर्णन गरिएको छ । कतै लेकबेशीको कुरा गरिएको छ, भने, कतै स्थानीय दैनिकीलाई चित्रण । ढिकी, जाँतोको कुरा होस या मेलापातको कुरा, डालेघाँसदेखि दुःख सुखका कुरा गरिएको छ । मुग्लान पसेको कुरादेखि जीन्दकीमा सँगै हिड्ने र सँगै काट्ने कुरा समेत गरिएको छ ।
कर्णप्रिय पूर्वेली लोकगीतलाई प्रशान एलुङ राईले लेखेका हुन् । संगीत अनिल कोयी राईको रहेको छ । लेखक राई हाल अमेरिकामा बस्दै आएका छन् । गायक भुवनसिं राईले गाएको ‘नेचा गाउँको डाँडै डाँडा’ लोकगीत चर्चित भएको थियो ।

गीत सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार