लक्षण नभएका व्यक्तिको कोरोना परीक्षण सरकारले नगर्ने

Facebook Debugger

काठमाडौं । सरकारले लक्षण नभएका व्यक्तिको पिसिआर परीक्षण नगर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरको बैठकले लक्षण नभएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो ।

मन्त्रालयले अब फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको क्षेत्रका व्यक्तिको पनि लक्षण नभएसम्म अब कोरोना परीक्षण नगर्ने निर्णय लिएको स्रोतको भनाइ छ ।

जनस्वास्थ्यविद्ले भने सरकारको यो निर्णयले कोरोना भाइरस संक्रमण थप बढ्ने चेतावनी दिएका छन् । डा। बाबुराम मरासिनीले सरकारको निर्णयले कोरानो संक्रमण थप बढ्ने चेतावनी दिए ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार