आज मन्त्रिपरिषद् बैठक बस्दै

Facebook Debugger

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्नेछ । दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने बैठकमा विभिन्न एजेण्डामा छलफल हुने छ ।

एक मन्त्रीका अनुसार संविधान दिवसका दिन विभूषण प्राप्त गर्ने व्यक्तिहरको नाम सिफारिस गर्नेछ । सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिलाई विभिन्न प्रकारका विभूषणले सम्मान गर्दै आएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्ने ती मन्त्रीले बताए । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने कानुनी व्यवस्था छ ।

त्यस्तै आजको बैठकमा नियमित मन्त्रालयगत एजेण्डालगायतका विषयमा पनि छलफल हुनेछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिका लागि ऊर्जा मन्त्रालयले लगेको कुलमान घिसिङको प्रस्ताव आजको बैठकमा पेश हुने वा नहुने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्नेछ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार