काठमाडौं उपत्यका सम्पूर्ण ब्यापार ब्यवसाय सुचारु

Facebook Debugger

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सबै पसल र व्यापार खोल्न पाइने भएको छ । यसअघि तोकिएको निश्चित बार र समयमा मात्र पसल खोल्न पाउने व्यवस्था पनि हटेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर यसअघि लगाइएको पसल खोल्ने समय र बार दुवै प्रावधान हटाएको छ । काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका प्रवेश गर्ने सवारी साधनलाई पनि अर्को आदेश नहुँदासम्म खुला गरिएको छ ।

तर सार्वजनिक तथा निजी गाडीमा जोरबिजोर प्रणाली भने अर्को व्यवस्था नभएसम्मका लागि कायमै रहेको छ । त्यस्तै शिक्षण संस्था सञ्चालन, गोष्ठी, सभा सम्मेलनमा लगाइएको बन्देज कायमै छ ।

त्यस्तै सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा पनि खोल्न पाइने छैन । भिडभाड हुनेबाहेकका अन्य व्यवसाय सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको प्रशासनले जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठकले आजदेखि लामो दूरीका यातायात, होटेल–रेस्टुरेन्टलगायतका व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार