पवित्र भूमि लुम्बिनीमा किन अपवित्र काम ? मन्त्री किराती

  सगरमाथा अनलाईन
84 Shares

काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनिमा अपवित्र काम किन ? भन्ने प्रश्न गर्नुभएको छ । आइतबार मन्त्रलयमा लुम्विनी विकास कोषको ब्रिफिङ लिइसकेपछि निर्देशनात्मक भनाई राख्दै मन्त्री किरातीले यस्तो प्रश्न गर्नु भएको हो ।

विश्वले फोटोकपी गर्न नसक्ने लुम्विनीलाई बद्नाम गरिएको भन्दै विकास कोषका पधाधिकारीसंग मन्त्री किरातीले प्रश्न गर्नुभएको हो । राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासको लागि पठाएको मान्छेहरुले आफ्नो भूमिकालाई विर्सेर घिन लाग्दो काममा लिप्त न हुन निर्देशन दिनुभयो ।

लुम्विनीमा फोहोरको चर्चा विदशमा चल्छ

पवित्र र धार्मीक पर्यटकिय क्षेत्र आज गाईको गोबर र फोहोरले लुम्बिनी भरिएको गुनासो रहेको पनि मन्त्रीले बताउनु भयो । “देश विदेशबाट मानिसहरुले लुम्विनीलाई छुट्टै हिसावले सोचेका हुन्छन् । यो विश्वाभरीको बौद्धधर्मलम्वीहरुको मुटुको ढुगढुकी हो । मुश्लिमहरुले मक्कमदिनलाई के बनाई सके ? लुम्विनी सफा छैन सयौँ गाईहरु चर्ने गौचरण बनाइएको छ , तर तपाँईहरुले व्यवस्थापनको जिम्मा पाएर यस्तो फोहोरै फोहोर र धुलै धुलो राख्ने ? आज विदेशमा लुम्विनीको फोहोरको चर्चा चल्ने गरेको छ । मैले लुम्विनीको फोहोरको चर्चा चाइनामा सुने । आज संयोगबस यहि मन्त्रलयको मन्त्री बन्न आइपुगेको छु अव लुम्विनी परिसर यथाशिघ्र सफा हुनुपर्छ ।

विकासको नाममा मागी खाने भाँडो किन बनाइदै छ ?

विकाषको नाममा मागी खाने भाँडो मात्रै बनाइएको छ । अव त्यसरी हुनेवाला छैन, पवित्र भुमि लुम्बिनीमा किन अपबित्र काम भैरहेको छ ? एउटा संरचना बनाएर त्यसको सहि उपयोग नगरि फेरी अर्को संरचना बनाइन्छ । योजनाहरु एकपछि अर्को डुव्लिकेशन भैरहेको छ । यति धेरै अनियमिता कसरी भैरहेको छ ? लुम्विनीमा यति धेरै अनियमितता किन? बेरुजुको फाइल के हो ? म मन्त्री हो तर मैले लेखेर फाइल बोकेर जाने अवस्था न आओस ।

अव कामको रुटिन र रिपोट चाहियो

“यति धेरै बजेट भएर पनि काम किन हुँदैन भनेर समेत मन्त्रिले व्यवस्थापनलाई प्रश्न गर्नुभएको थियो ।

संविधान छ, त्यसअनुसार कानुन छ , कानुन छ कानुन अनुसार कर्मचारी छ तर काम छैन किन? उहाले सोध्नुभयो काम गर्न केले छेकेको छ । नितिगत कुराले छेकेको हो भने भन्नुस तर अव हामीसंग कुनै बहनाले चल्नेवाला छैन । तपाँईहरुले हिजो जे गर्नु भयो अव काम चाहियो मात्र परिणाम चहियो । यति धेरै बजेट छ काम भएको छैन । अव तपाँईहरुको साप्ताहिक कामको रिपोट मलाई चाहियो । अब कामको क्यालेन्डर सहितको कार्ययोजना र त्यसको प्रगती प्रतिवेदन पनि चाहियो । प्रगती विवरण काजमा मात्र सिमित न भै आम जनताले अनुुभूती हुने गरी पनि हुनुपछमैले मन्त्री हैन अध्यक्षको हिसावले यो कुरा बोलिरहेको छु । यो स्टर्न हैन ।

मन्त्री किरातीले भन्नु भयो “यो कुनै स्टर्न हैन अहिले हामी सुरुमा स्र्टन देखाएर कर्मचारी सरुवा बढुवा गरेर सस्तो लोकप्रीयता कमाउन पक्षमा छैनौ । यो पुरानो सैली हो । हामी कुनै कर्मचारीलाई सरुवा गर्ने पक्षामा छैनौँ । कर्मचारीले विगत के गरेको छ तर अव आजैबाट उ सुध्रिनु पर्छ । उनको कामको सम्पादन क्षमताको मुल्याङ्कन अव सुरु, भयो अव काम चाहियो । किरातीले भन्नु भयो हामी मान्छे हौ । हरेक मान्छेले यहि मेरो अन्तिम जिवन हो भन्ने थाहा पाउनु पर्छ । के अर्को जिवन पनि पाउँछु भनेर आज यति धेरै कुकर्म गरिरहेकाछन् मान्छेले ?

कतै झ्याल जस्केला बाट छिर्ने दुसहास न गर्नुहोला

सुरुवमा नरम हिसावले प्रस्तुत हुनुभएको मन्त्री किराती विस्तारै कडारुपमा प्रस्तुत हुनु भएको थियो । किरातीले भन्नुभयो “ कतै झ्याल जस्केला बाट छिर्ने दुसहास नगर्नुहोला । म एउटा किशानको छोरा हो । मलाई लोभ लालाज छैन । मन्त्रि बन्छु भनेर राजनिति गरेको पनि हैन आज पार्टीको विस्वास र जनताको बलले यहाँ छु । अहिलेको सरकारलाई असफल भएर फर्कीने कुनै छुट छैन । म कुनै रबाफ र प्रभावमा पर्नेवाला छैन । हामीलाई कसैले कुनै प्रभावमा पार्ने प्रयत्न तथा दुसहास न गर्नु होला । अव विकास निर्माण कार्यको गुणस्तर पुन परिक्षण हुने छ । म संग अनुभवि र सहासी राज्यमन्त्री हुनु हुन्छ अनि निश्कलङ्क छवि भएको सचिव जि हुनुहुन्छ । यो मिलेको टिमलाई कुनै प्रभावले रोक्नेवाला छैन ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार