निषेधाज्ञमा सम्पर्क समितिले गर्यो ७ जना बिरामीलाई आर्थिक सहयोग

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले निषेधाज्ञमा ७ जना बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
हिमाली जिल्ला सोलुखुम्बुबाट काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका न्यून आर्थिक स्थिति भएका ७ जना बिरामिलाई सम्पर्क समितिले आर्थिक सहय‍ोग गरेको हो । काठमाडौंमा उपचाररत थुलुङ दुधकोशी गाउँपालिकाका बलबहादुर राई र पुष्पा राईलाई महासमिति सदस्य जयप्रसाद राई मार्फत आर्थिक सहयोग गरिएको सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए । थुलुङ दुधकोशी गाउँपालिकाकै विपन्न परिवारलाई पनि आर्थिक सहयोग गरिएको छ ।


त्यसैगरि काठमाडौंमा उपचाररत सोलुखुम्बुका बिरामीहरूमा सोताङ गाउपालिकाका पर्व राई र नेचासल्यान गाउपालिकाका सरिता निरौलालाई आर्थिक सहयोग गरिएको सभापति बस्नेतले जानकारी दिए ।
सम्पर्क समितिको सभापति बस्नेतले नेतृत्व सम्हाले यता समितिको विविध क्रियाकलाप सक्रिय र चलायमान देखिएको छ । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस ९कोभिड(१९०का कारण बिहान बेलुकीको हातमुख जोडन समस्या भएका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरूलाई दैनिक उपभोग्य वस्तुहरू राहत स्वरूप सम्पर्क समितिद्वारा वितरण गरिएको थियो । करिब ११ सय परिवारलाई राहत वितरण गरिएको सभनपति बस्नेतले बताए ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार