‘मलाई नेपाल निकै सुन्दर लाग्छ’: सन्नी लियोनी

  सगरमाथा अनलाईन
133 Shares

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाल निकै सुन्दर भएकाले मन परेको बताएकी छिन् । शनिबार बिहान काठमाडौं आइपुगेकी लियोनीले एक कार्यक्रममा सम्बोधन गर्दै नेपाल मन परेको बताएकी हुन् ।

सन्नीले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन गरेकी छन् । नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीलगायतले डिजाइन गरेको पहिरन लगाएर उनले आइतबार बिहान भिडियो पोस्ट गरेकी छन् । कारमा अर्का एक व्यक्तिसँग चढेको इमोजी भिडियो पोस्ट गर्दै उनले नेपाली फ्यानलाई अभिवादन गरेकी छन् ।

यो उनको नेपालमा तेस्रो भ्रमण हो । यसअघि दुईपटक ब्राण्ड प्रमोसनका लागि उनी आएकी थिइन् । उनले आफूलाई नेपाल सुन्दर देश लाग्ने र खुबै मन पर्ने समेत बताएकी छन् । सन्नीले नेपाली फिल्म ‘पासवर्ड’को एक आइटम गीतमा समेत अभिनय गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार