गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

Facebook Debugger

काठमाडौं । हतुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ३ बजे राईको निधन भएको हो ।

हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएको थियो । सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार गराएकी उनलाई असोज १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । पारिवारिक स्रोतका अनुसार उनमा जन्डिस र रक्तचापको समस्या देखिएको थियो ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार