संविधान दिवसमा सरकारी सम्मान

Facebook Debugger

काठमाडौं । सरकारले संविधान दिवसको दिनमा विभिन्न मानपदवी, अलंकार तथा पदबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दैछ । सरकारले सूचना जारी गर्दै यी पदकहरु पाउने ५ सय ९४ जनाको नामावली प्रकाशन गरेको छ ।

नामावलीअनुसार ४ सय ५३ जनाले मानपदवी, १ सय १४ जनाले अलंकार र २७ जनाले पदक सम्मान पाउने भएका छन् । विभूषण, अलंकार र पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।

यस वर्ष सुप्रसिद्ध प्रबल जनसेवा श्री ९प्रथम० बाट आँखाका वरिष्ठ डा। सन्दुक रुइत सम्मानित हुँदैछन् । यस्तै सम्मानित हुनेहरुको सूचीमा दुई जना सन्चारकर्मी तथा १४ जना पत्रकार पनि रहेका छन् ।

सरकारले राष्ट्रको गौरव बढाउने तथा कीर्तिमानी राख्ने काम गरेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई संविधान दिवसमा सम्मान गर्दै आएको छ । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार