राष्ट्रपतिद्वारा सोलुखुम्बुका ४ जना विभूषित

Facebook Debugger

काठमाडौ । संविधान दिवसको अवसरमा सोलुखुम्बुका ४ जना विभिन्न पदवी तथा अलंकारबाट विभूषित भएका छन् । सोलु दुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई तथा खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चेका समाजसेवी कान्छा शेर्पा, प्रवल जनसेवा श्री (चतुर्थ) बाट विभूषित भएका हुन् । यस्तै जिल्ला अस्पताल सोलुखुम्बुकी नर्सिङ निरीक्षक सानी शेर्पालाई जनसेवा श्री (पञ्चम) बाट सम्मानित गरिएको छ भने पासाङल्हामू गाउँपालिका ४ सोलुखुम्बुकी पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पालाई राष्ट्र यशोबर्धक अलङ्कारबाट विभूषित गरिएको छ ।

संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभिन्न मानपदवी तथा अलङ्कारबाट विभूषित गरिएको हो । गत साल ६३४ जनालाई सम्मान गरिएको थियो । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने महानुभावहरुलाई नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारीसमा संविधान दिवसको दिन राष्ट्रपतिद्वारा सम्मान गरिदै आएको छ ।

यसपटक नेपाल रत्न कसैलाई पनि दिईएको छैन । सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट बरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिएको छ । संविधान दिवसको अवसरमा ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिनुभयो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार