रास्वपामा व्यक्तिवाद हावी भयो भन्दै चितवन सभापतिले दिए राजीनामा

  सगरमाथा अनलाईन
161 Shares

चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टी भित्र व्यक्तिवाद चरम रुपमा हावी भएको भन्दै राजीनामा दिएका छन् ।

पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको बताए ।

गत कात्तिकमा चितवन जिल्ला सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूरै वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाए ।

उनले रवि लामिछानेसहितको टिमले जिल्ला कमिटीलाई वेवास्ता गरेर हिँड्ने गरेको कुनै मूल्यमान्यता र सरसल्लाह र बैठकसमेत नभएको बताए । राजीनामा दिएका सभापति सापकोटाले चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै भए पनि चुनावपछि भने गतिविधि राम्रो नभएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार