मन्त्रिपरिषद् पुनर्गठनवारे विशेष छलफलका साथ नेकपा सचिवालय बैठक सम्पन्न

Facebook Debugger

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक सम्पन्न भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशुले नीतिगत हिसाबले कसरी पुनर्गठन गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको जानकारी दिए ।

थप छलफलका लागि भोलि फेरि दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताएका छन् । बैठकका लागि आजको सचिवालयले चारवटा कार्यसूची तय गरेको श्रेष्ठले बताए ।

पहिलो मन्त्रिपरिषद्को पुनर्गठनका विषयमा स्थायी कमिटीको निर्णय अनुसार गर्ने तय भएको छ । तर, सचिवालयले पुनर्गठनका विषयमा नीतिगत छलफल सुरु भएको श्रेष्ठले बताए ।

संवैधानिक नियुक्ति, सांगठनिक र विविध अन्तरगत विभिन्न विषयहरुमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार