मन्त्रिमण्डल पुनर्गठनमा गृहकार्य नेकपा सचिवालय बैठक स्थगित

Facebook Debugger

काठमाडौं । आज दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले बैठक स्थगित गरेका हुन् ।

हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । भोलिसम्म अध्यक्षद्वयबीच बैठकका अन्य एजेण्डामा पनि गृहकार्य गर्ने तयारी छ । त्यसका लागि आज पनि अध्यक्षद्वयबीच भेटवार्ता हुनेछ ।

एक सचिवालय सदस्यका अनुसार बैठक भोलि दिउँसो १२स्३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । हिजोको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको थियो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ूप्रकाशूले भने तयारी नपुगेकाले भोलि बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार