रास्वपाको बैठकको निर्णय गृहमन्त्रीका लागि २ दिन पर्खिने [भिडियोसहित]

  सगरमाथा अनलाईन
203 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले २ दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए । बैठकमा सहभागी अधिकांश सदस्यहरुले सरकार छाड्न नहुने तर्क राखेको एक सदस्यले बताए ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस।

https://youtu.be/pFJhfEziwlc

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार