माप्यदुधकोशी ५ का वडाध्यक्ष तामाङको निधन

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । करेन्ट लागेका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा निधन भएको गाउँपालिका उपाध्यक्ष जुनिता मगरले जानकारी दिनुभयो ।

सोलु दुधकुण्ड नगरपालिका ५ मा आफ्नै घरमा करेन्ट लागेको र उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । माप्य दुधकोशी गाउँपालिकाको वडा नं. ५ काँकुका तामाङ स्थानीय तहको चुनावमा नेकपाको तर्फबाट वडाध्यक्षमा विजयी हुनुभएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार