अस्पतालमा उपचार गरेको तिर्ने पैसा नहँुदा रमेश अलपत्र ।

Facebook Debugger

काठमाडौं । बाँसबारी स्थित वेलनेस हस्पितलमा उदयपुर जिल्ला कटारी न.पा.वडा.न ४ की मिना राई आफ्नो जीवनको पीडा कस्लाई सुनाउँ,कसले सहयोग गर्लान् भन्दै भगवनको नाम पुकार्दै अचेत श्रीमानको स्याहार,सुसारमा सात महिना वितिसक्यो । उनकी श्रीमान रमेश कुमार राईलाई अस्पतालमा उपचार गरेको पैसा तिर्न नसकेर अलपत्र परेका छन् । श्रीमानको विजोग त छँदै छ,तैपनि अस्पतालबाट कसरी र कहिले कोठामा जान पाउँने हो भन्ने ठुलो पीरले सताइरहेकी छिन् ।

पीर पनि किन नपरोस् अस्पतालमा उनकी श्रीमान रमेश राईको उपचार गरेको बिल सात लाख नाघि सक्यो,कोठामा विहान बेलुकी पकाउने चामल छैन,दिनमा छ जना परिवारको निम्ति जोह गर्नुपर्छ भन्दै दुःखेसो सुनाउँछिन् । रमेश कुमार विगत ९ नौ वर्ष देखि साउदी अरब रियाद स्थित कन्स्ट्रकशन कम्पनीमा चिया पकाउने र मज्दितमा कार्पेट विछ्याउने काम गर्दै आएका थिए,त्यहि काम गरेवापत पाउँने तलबले नेपालमा अपाङ्ग छोरी लगायत परिवारको पेट भर्ने काम जेनतेन चलेको थियो । रमेश कुमार गत मंसिर महिनामा कम्पनीमा काम गरिरहेको बेला अचनाक ढल्यो । हतार,हतार कम्पनीमा काम गर्ने साथीहरुको सहयोगमा रियाद स्थित साउँदी जर्मन हस्पिटल पुराइयो ।

हालत यस्तो ः सत्र १७ वर्ष देखि छोरी ओछ्यानमा

अस्पतालमा परीक्षण गर्दा टाउकोमा रगत जमेको कुरा चिकित्सकहरुले बताए । सोही अनुसार टाउकोको अप्रेशन गरियो, रमेश कुमारलाई त्यहाँका चिकित्सकले बचाउँन त बचाए तर जिउँदो लाश झै अचेत अवस्थामा गए । खाना खाने दिशा,पिसाब फेर्ने सब पाइबाटै चिकित्सकले प्रबन्ध मिलाए, रियाद स्थित साउदी जर्मन अस्पतालमा दुई महिनाको उपचार पश्चात रमेश कुमारलाई नेपाल पठाइएको उनको श्रीमती मिनाले बताइन् । सत्र वर्ष देखि छोरीको दिशा,पिसाब सोहर्दै आएकी मिना,श्रीमानलाई त्रिभुवान अन्तराष्ट्रिय विमानस्थलमा ह्विल चियरमा देख्ता यो संसार नै अन्धकार भए झै महसुष भएको कुरा बताइन् । तैपनि हिम्मत नहारी भाग्य नै यस्तो होला भन्दै श्रीमानलाई बचाउँने भरपूर प्रयास गर्दै आएकी मिना,श्रीमानलाई उपचार गरेको अस्पतालमा तिर्ने पैसा नहुँदा गरिबको कोही साहरा नहुँदो रहेछ भन्दै आँखाबाट आँसु झार्छिन् । आँसु कसरी थामोस् छोरी जन्मेको चार महिना पछि बिरामी परिन् कान्ति बाल अस्पतालमा पुराइन् छोरीको सम्पूर्ण स्वास्थ्य परीक्षण पश्चात चिकित्सकले अब छोरी कदापी निको नहुने भनेपछि मिना छाँगाबाट खसिन् । छोरीको टाउको दिनरात बढ्दै गइरहको छ .

छोरी बोल्न सक्तैन,भोक तिर्खा केही थाहा पाउँदिनन् उनी एक आमा हुन् त्यसैले कति खेर भोक लाग्छ,कति बेला दिशा,पिसाब गर्छिन् सबै ध्यान पुराउनु पर्छ भन्दै दुःखेसो सुनाउँछिन् । छोरीको स्याहार सुसार गर्दै केहि समय मिलाएर मिनाले काठमाडौंको एक गार्मेन्टमा काम गर्थिन् त्यो पनि कोरोनाले गर्दा काम हुँदैन । कोठामा विहान बेलुका पकाउने चामल हुँदैन, श्रीमानको उपचारमा लागेको लाखौं पैसा कहाँबाट ल्याई तिर्ने होला भन्ने ठुलो चिन्ताले मिनालाई दिनरात सताइरहेकी छिन् । अस्पतालबाट पैसा तिरेर बिरामी घर लैजाऊ भन्न थाल्यो हामीसँग त्यत्रो ठुलो रकम छैन कसलाई माग्नु,कसले दिन्छ हामीलाई भन्दै आँसु झार्छिन् । यो संसारमा गरिब हुनु नै ठुलो गल्ती रहेछ । गरिबलाई कसैले मान्छे जस्तो व्यवहार गर्दैनन् । हाम्रो दुःख देखेर कसैले सहयोग गरे ठुलो धर्म हुने थियो भन्दै सहयोगको आशा राख्छिन् । उनकी श्रीमान बिरामी रमेश कुमार राई ओखल्ढुँगा जिल्ला मानेभञ्ज्याङ्ग गाउँपालिका ५.न.वडा स्थायीवासी हुन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार