कोरोनाको समस्य देखाई आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

Facebook Debugger

काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा। शिवमाया तुम्बाहाम्फेले बताइन् ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।

कोरोना भाइरसको महामारीको समयमा निर्वाचन गर्न उपयुक्त नहुने भन्दै उनले स्थगित गर्न माग गरेका थिए ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार