आज १३१३ जनामा कोरोना संक्रमण पुष्टि

Facebook Debugger

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ७० हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय १३ जनासहित देशभर संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५१ हजार ८ सय ६६ निको भएर घर फर्किएका छन् भने ५सय ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार