नेपाली सेनाका थप एक जवानको मृत्यु, २१९७ संक्रमित

Facebook Debugger

काठमाडौं । नेपाली सेनामा कोरोना संक्रमणबाट थप एक जवानको मृत्यु भएको छ । यससँगै सेनामा कोरोना संक्रमणबाट नेपाली सेनाका दुई जवानको मृत्यु भएको छ ।

गएराति साढे १० बजे सेनाका २० वर्षीय जनावको मृत्यु भएसँगै सेनामा मृतकको संख्या २ पुगेको हो । बझाङ घर भएका काठमाडौमा कार्यरत ती जवानमा छारे रोगको समस्या रहेको नेपाली सेनाले जनाएको छ ।

उनी असोज ६ गते अस्पताल भर्ना भएका थिए । त्यसपछि गरिएको कोरोना परीक्षणमा ८ गते उनको पोजेटिभ रिपोर्ट आएको थियो ।

नेपाली सेनामा अहिलेसम्म २ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ सय ३९ जना संक्रमणमुक्त भइसकेका छन् भने १ हजार ६ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार