मेडिकल कलेजका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

Facebook Debugger

बाँके । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक कर्मचारीको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९, बाँके गाउँका ४७ वर्षीय एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ५ बजे मृत्यु भएको हो ।

मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते राति उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा भदौ २९ गते स्वाब संकलन गरिएको र भदौ ३१ गते कोरोना पुष्टि भएको थियो ।

उपचारको क्रममा प्लाज्मा थेरापी लगायतका बिधिबाट उपचार गर्दागर्दै आइतबार बिहान ५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

मृतक व्यक्ति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्रशासनिक विभागमा कार्यरत कर्मचारी थिए । बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले समन्वय र तैयारी गरिरहेको जनाएको छ ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार