उपत्यकामा पछिल्लो २४ घन्टामा ८१७ जनामा कोरोना भाइरसको संक्रमण

Facebook Debugger

काठमाडौं । काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधा भन्दा धेरै फेला परेका छन् । पछिल्लो २४ घन्टामा ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या देशभरको संक्रमितको संख्याको आधा भन्दा धेरै हो ।

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ५२ जनासहित देशभर संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५४ हजार २ सय ४० जना निको भएर घर फर्किएका छन् भने ४ सय ८१ जनाको ज्यान गएको छ ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार