मृतकको परिवारलाई २० लाख बीमा रकम हस्तान्तरण

Facebook Debugger

सोलुखुम्बु । एक साता अघि मृत्यू करेण्ट लागेर मृत्यु भएका सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका-५ का वडा अध्यक्ष निमराज तामाङको परिवारलाई बीमा कम्पनीले मृत्यू दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

आफ्नै घर परिसरमा रहेको सल्लेरी च्याल्सा विद्युत कम्पनीको हाइटेन्सन लाइनमा करेन्ट लागेर मृत्यू भएका तामाङलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको श्रीमती सीताकुमारी तामाङलाई मृत्यू दाबी रकम प्रदान गरेको हो ।

बीमा कम्पनीको सोलुखुम्बु शाखा प्रबन्धक प्रकाश कार्कीले मृतकले एक वर्षअघि मात्र १० लाख रुपियाँको दोहोरो दुर्घटना लाभको बीमा गरेकाले मृत्यू पश्चात हाल परिवारलाई २० लाख ७२ हजार रुपियाँ हस्तान्तरण गरिएको बताए ।

उक्त रकमको चेक सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, जिल्ला समन्वय समिति संयोजक वीरकुमार राई, उपसंयोजक धर्म वन, नेकपा सोलुका अध्यक्ष मानवीर राईलगायतको उपस्थिती रहेको थियो ।

३९ वर्षिय तामाङ तत्कालीन एमालेबाट गएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार