उपत्यकाका ३ जिल्लामा ९३४ संक्रमित थपिए

Facebook Debugger

काठमाडौँ । काठमाडौँ जिल्लामा ७ सय ४७ सहित उपत्यकाका तीन जिल्लामा ९ सय ३४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ ३ सय ७ महिला र ४ सय ४० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा २८ महिला र ४५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा ४७ महिला र ६७ पुरुषसहित १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच देशभर आज थप १ हजार ५ सय १३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ५ सय १३ संक्रमित थपिएको जानकारी दिएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

आज ७ सय ३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३ सय ७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३ सय ९६ जनामा सक्रिय संक्रमण छ ।

देशभर अहिले २० हजार ३ सय ९६ जना आइसोलेसनमा छन् । ५ हजार ७ सय ७८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार