काठमाडौं । गायक तथा संगीतकार पविधन खालिङको भ्यालेन्टाइन डे कोशेली ‘तिमीलाई पठाउ भन्छु’ मर्मस्पर्शी आधुनिक गीत सार्वजनिक भएको छ । पविधन खालिङ अफिसियल युट्युब च्यानलबाट मर्मस्पर्शी आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
पछिल्लो समय नेपाली मौलिक कला र सँस्कृति लोप हुँदै गइरहेको बेला गायक खालिङले गाउँले परिवेशमा गरिने माया, प्रेमलाई टपक्कै टिपेर म्युजिक भिडियोमार्फत प्रस्तुत गरेका छन् । त्यत्ति मात्र होइन मेलापात र घाँस दाउँरा जाँदा लुकीलुकी लाएको मायालाई जीवन्त रुपमा चित्रण गरिएको छ ।
ढुंगामा मन परेको मान्छेको नाम कोरेर होस या घरको झ्यालबाट ऊ हिडने बाटो हेरेर मनमनै रमाउने प्रेमिल मनको खुशी छाएको पल होस । गोधुली साँझमा मायालुलाई सम्झिएर एकोहोरिएको पल होस । वा जुनेली रातमा मायालुलाई सम्झिदै आगनमा टोलाउँदा होस । प्रेमिल मनहरुलाई सचित्र उतारिएको छ ।
गीतमा सुनिता थेगिमले आवाज दिएकी छिन्, भने शब्द रचना भावेस भूमरीले गरेका छन् । म्यूजिक भिडियोमा वेदना राई, सुभम चाम्लिङ राई, अप्सरा राईले जीवन्त अभिनय गरेका छन् । संगीत संयोजन तथा कथा पविधन खालिङको रहेको छ । म्यूजिक भिडियोलाई हरीबल राईले निर्देशन गरेका छन् ।
म्यूजिक भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।