आज थप ११ संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या ५०९ पुग्यो !

Facebook Debugger

काठमाडौँ । नेपालमा बिहीबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् ।

संक्रमित हुनेबाट भएको मृत्यु ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार